निर्यात बढे पनि आयातमा निर्भरता यथावत्

हिमाल प्रेस ७ असोज २०८२ १६:०८
4
SHARES
निर्यात बढे पनि आयातमा निर्भरता यथावत्

काठमाडौँ- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा नेपालको वैदेशिक व्यापार २२.५४ प्रतिशतले बढेको छ। भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौमा नेपालको कुल वैदेशिक व्यापार ३ खर्ब ५ अर्ब १५ करोड रुपैयाँ पुगेको छ।

भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा आयात १६.२३ प्रतिशतले बढेर ३ खर्ब ५ अर्ब १५ करोड रुपैयाँ पुगेको छ।

निर्यात भने आश्चर्यजनक रूपमा ८८.५७ प्रतिशतले बढेको छ। यस अवधिमा ४७ अर्ब ३२ करोड पुगेको छ। निर्यातमा भएको तीव्र वृद्धिले आयातनिर्यात अनुपात एक वर्षअघि १०.४६ बाट घटेर ६.४५ मा आएको छ।

निर्यात बढे पनि समीक्षा अवधिमा नेपालको व्यापार घाटा ८.५९ प्रतिशतले बढेर २ खर्ब ५७ अर्ब ८४ करोड पुगेको छ, जसले देशको आयातमा निरन्तर निर्भरता झल्काउँछ।

तथ्यांकअनुसार यस अवधिमा नेपालको कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १३.४२ प्रतिशत पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ८.७२ प्रतिशत मात्र थियो। आयातको हिस्सा भने २०८१/८२ को सोही अवधिमा ९१.२८ प्रतिशतबाट घटेर ८६.५८ प्रतिशतमा झरेको छ।

प्रमुख आयात

कच्चा सोयाबिन तेल : रु. २१ अर्ब ६४ करोड

डिजेल : रु. १४ अर्ब ९१ करोड

डीएपी (रासायनिक मल) : रु. १३ अर्ब ६६ करोड

पेट्रोल :  रु. १० अर्ब ५८ करोड

एलपी ग्यास  : रु. ९ अर्ब ४३ करोड

प्रमुख निर्यात

सोयाबिन तेल : रु. २० अर्ब ४२ करोड

सूर्यमुखी तेल :  रु. १ अर्ब ३८ करोड

पाम तेल : रु. १ अर्ब ३१ करोड

जुट : रु. १ अर्ब २ करोड

गलैँचा : रु. १ अर्ब ०१ करोड

प्रकाशित: ७ असोज २०८२ १६:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast