डेम्बेलेलाई बलोन डी’ओर

हिमाल प्रेस ७ असोज २०८२ ९:२४ | Tuesday, September 23, 2025
डेम्बेलेलाई बलोन डी’ओर

काठमाडौँ- पेरिस सेन्ट जर्मेन (पीएसजी)का फ्रेन्च फरवार्ड उस्मान डेम्बेले २०२५ को पुरुष बलोन डी’ओर विजेता बनेका छन्, भने बार्सिलोनाकी स्पेनिस खेलाडी आइताना बोनमतीले लगातार तेस्रो वर्ष महिलातर्फको उपाधि जितेकी छन्।

विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत पुरस्कार सोमबार पेरिसस्थित थिएत्र दु शातेलेमा आयोजित समारोहमा घोषणा गरिएको हो ।

डेम्बेलेले मे महिनामा पीएसजीलाई क्लब इतिहासकै पहिलो च्याम्पियन्स लिग जिताउन ठूलो योगदान गरेका थिए । उनले ५३ खेलमा ३५ गोल र १६ असिस्ट गर्दै शानदार प्रदर्शन गरेका थिए । च्याम्पियन्स लिग फाइनलमा इन्टर मिलानलाई ५–० ले हराउँदा उनको प्रेसिङ, डिफेन्स र आक्रमण सबैको प्रशंसा भएको थियो ।

बलोन डी’ओर जित्दै उनी छैटौँ फ्रेन्च खेलाडी बनेका छन् । यसअघि रेमन्ड कोपा, मिशेल प्लातिनी, जीन–पिएर पापिन, जिनेदिन जिदान र करिम बेन्जेमाले जितेका थिए। डेम्बेलेले पुरस्कार पूर्वविजेता रोनाल्डिन्होबाट ग्रहण गरे।

प्रकाशित: ७ असोज २०८२ ९:२४ | Tuesday, September 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast