वीरगञ्ज नाकाबाट दुई महिनामा भित्रियो २६ अर्ब ३३ करोडको पेट्रोलियम पदार्थ

हिमाल प्रेस ७ असोज २०८२ ८:५०
4
SHARES
वीरगञ्ज नाकाबाट दुई महिनामा भित्रियो २६ अर्ब ३३ करोडको पेट्रोलियम पदार्थ

पर्सा- वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा २६ अर्ब ३३ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। सो अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी), एभिएसन टर्बाइन फ्युल (एटीएफ) र मट्टितेल आयात गरिएको हो ।

गत आवको दुई महिनाको तुलनामा चालु आवको दुई महिनामा उक्त नाका हुँदै एक अर्ब ७६ करोड रुपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात गरिएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए । सो अवधिमा आयात बढेसँगै एक अर्ब २९ करोड रुपैयाँबढी राजस्व समेत संकलन भएको छ ।

“यहाँको राजस्वको मुख्य आधार पेट्रोलियम पदार्थ र सवारीसाधन आयात हो”, प्रमुख भन्सार प्रशासक ज्ञवालीले भने । गत आवको दुई महिनाको अवधिमा पेट्रोलियम पदार्थ आयातबाट कार्यालयले नौ अर्ब ८९ करोड रुपैयाँराजस्व संकलन गरेको थियो । त्यस्तै चालु आवको दुई महिनामा पेट्रोलियम पदार्थबाट ११ अर्ब १८ करोड रुपैयाँसंकलन गरेको छ ।

चालु आवको दुई महिनामा ११ अर्ब ९१ करोडको एक लाख ३२ हजार आठ सय २४ किलोलिटर डिजेल आयात गरिँदा पाँच अर्ब २८ करोड रुपैयाँराजस्व संकलन भएको छ । गत आवको सोही अवधिमा १० अर्ब ४५ करोड रुपैयाँमूल्यको डिजेल आयात हुँदा चार अर्ब ५१ करोड रुपैयाँराजस्व संकलन भएको प्रमुख भन्सार प्रशासक ज्ञवालीले बताए ।

चालु आवको दुई महिनामा ६ अर्ब ८२ करोडको ८० हजार पाँच सय ६० किलोलिटर पेट्रोल आयात हुँदा कार्यालयले चार अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । गत आवको सोही अवधिमा भने ६ अर्ब ४० करोडको ६९ हजार ६ सय ४७ किलोलिटर पेट्रोल आयात हुँदा तीन अर्ब ९९ करोड रुपैयाँराजस्व सङकलन भएको थियो ।

त्यस्तै चालु आवको दुई महिनामा पाँच अर्ब १२ करोडको चार करोड रुपैयाँ ९५ लाख ६६ हजार ६ सय ६४ किलो एलपी ग्याँस आयात हुँदा ९६ करोड रुपैयाँराजस्व संकलन भएको छ । गत आवको सोही अवधिमा भने पाँच अर्ब ३६ करोडको चार करोड रुपैयाँ ९७ लाख ५५ हजार एक सय ९४ किलो एलपी ग्याँस आयात हुँदा एक अर्ब राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

प्रकाशित: ७ असोज २०८२ ८:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast