कालिमाटीमा आगजनी गर्ने एक पक्राउ

हिमाल प्रेस ६ असोज २०८२ १२:२४
50
SHARES
कालिमाटीमा आगजनी गर्ने एक पक्राउ

काठमाडौँ- भदौ २४ गते आन्दोलनको क्रममा प्रहरी वृत्त कालिमाटीमा आगजनी गर्ने एक जना पक्राउ परेका छन्।

प्रहरीले काठमाडौं बस्ने सचिन खड्कालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंकी डीएसपी पूर्णिमा चन्दले जानकारी दिइन्। उनले कालिमाटी प्रहरी वृत्तमा आगजनी तथा तोडफोड गरेको आरोप छ। भदौ २४ गते भएको प्रदर्शनमा काठमाडौंका अधिकांस प्रहरी वृत्तमा आगजनी तथा तोडफोड भएका छन्।

अहिले ती प्रहरी वृत्तमा मुद्दाको कारबाही अघि बढाएको छैन। यद्यपि प्रहरी परिसरबाटै अनुसन्धान अघि बढाइएको छ। ललितपुरमा पनि भदौ २४ गतेको घटनामा संलग्न १३ जनालाई नियन्त्रणमा लिएको छ।

प्रकाशित: ६ असोज २०८२ १२:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast