अन्तर्राष्ट्रिय शान्ति दिवस : लुम्बिनीमा पाँच हजार दीप प्रज्वलन

हिमाल प्रेस ५ असोज २०८२ १८:५८ | Sunday, September 21, 2025
अन्तर्राष्ट्रिय शान्ति दिवस : लुम्बिनीमा पाँच हजार दीप प्रज्वलन

बुटवल- बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्तिका लागि दीप प्रज्वलन गरी आइतबार अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइएकाे छ। युनिभर्सल पिस स्यान्चुरीले बेबी बुद्धमा बाैद्ध धार्मिक गुरू, भिक्षुभिक्षुणी, स्थानीयकाे सहभागितामा पाँच हजार दीप प्रज्जवलन गरी मनाइएकाे हाे।

विश्व शान्तिधाम निर्माणमा सक्रिय स्याल्पा तेन्जिङ रिन्पाेछेले याे वर्ष लुम्बिनीमा विश्व शान्तिका लागि दीप प्रज्जवलन गरी मनाइएकाे बताए। उनले नेपालकाे पछिल्लाे आन्दाेलन र त्यसबाट उत्पन्न अशान्ति अन्त्यका लागि समेत कामना गरेकाे बताए।

‘विश्वभर शान्ति स्थापना हाेस्, सबै विच एकता कायम हाेस् भनेर पाँच हजार दीप बालियाे,’ रिन्पाेछे स्याल्पाले भने।

सो अवसरमा भिक्षुभिक्षुणी, उपासकउपासिका, लुम्बिनी विश्व विद्यालयका विद्यार्थी, लुम्बिनी स्काउटका प्रतिनिधि र लुम्बिनी भ्रमणमा आएका पर्यटकहरू दीप प्रज्जवलनमा सहभागी भएका थिए।

प्रत्येक वर्ष सेप्टेम्बर २१ मा अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइन्छ। संयुक्त राष्ट्रसंघको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो।

प्रकाशित: ५ असोज २०८२ १८:५८ | Sunday, September 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast