पहिरो हटाएपछि मुग्लिन नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा

हिमाल प्रेस ५ असोज २०८२ १६:५४
12
SHARES
पहिरो हटाएपछि मुग्लिन नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा

काठमाडौँ- चितवनको इच्छाकामना गाउँपालिकाको तुइन खोलामा शुक्रबारदेखि निरन्तर खसेको पहिरो हटाएपछि मुग्लिन नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ।

सडक विभागका प्रवक्ता प्रभातकुमार झाले पहिरोका कारण अवरुद्ध रहेको मुग्लिन नारायणघाट सडकखण्ड एकतर्फी रूपमा सञ्चालन आएको जानकारी दिए।

सडक विभागले तुइन खोलामा खसेको पहिरो हटाएको हो। सडक अवरुद्ध भएपछि ४० घण्टाभन्दा बढी समयदेखि मुग्लिन नारायणघाट सडकखण्डमा हजारौँ यात्रु अलपत्र परेका थिए।

विभागका अनुसार पृथ्वीराजमार्ग, अरनिको राजमार्ग, ठोरी-भण्डारा-मलेखु, गल्छी-त्रिशूली-बेत्रावती-मैलुङ-स्याफ्रुबेंसी-रसुवागढी, रानी-विराटनगर-इटहरी-धरान-धनकुटा-हिले, लेघुवाघाट-तुम्लिङटार-खाँदबारी-नुम-किमाथाङ्का (कोशी राजमार्ग) लगायतका राजमार्ग भने पूर्ण रूपमा अवरुद्ध छन्। एक सय ६८ राजमार्ग भने एकतर्फी रूपमा सञ्चालनमा आएका विभागले जनाएको छ।

प्रकाशित: ५ असोज २०८२ १६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast