प्रधानमन्त्री कार्कीको पहिलो कूटनीतिक भेट भारतीय राजदूतसँग

हिमाल प्रेस ३१ भदौ २०८२ १८:३६ | Tuesday, September 16, 2025
प्रधानमन्त्री कार्कीको पहिलो कूटनीतिक भेट भारतीय राजदूतसँग

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेट भएको छ। मंगलबार सिंहदरबारमा भएको भेटमा राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई सन्देश नवनियुक्त प्रधानमन्त्री कार्कीलाई प्रदान गरेका थिए।

मोदीको सन्देश सुनाउँदै श्रीवास्तवले दुई छिमेकी देशहरूबीचको घनिष्ठ मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउन भारत प्रतिबद्ध रहेको बताएका थिए।

यो कार्की अन्तरिम सरकार प्रमुखको रूपमा नियुक्त भएकोपछि गरेको पहिलो कूटनीतिक भेट हो। प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच बिहीबार टेलिफोन वार्ता हुने कार्यक्रम छ।

प्रकाशित: ३१ भदौ २०८२ १८:३६ | Tuesday, September 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast