एसिया कप क्रिकेट : यूएईसँग हार्‍यो ओमान, श्रीलंकासँग हङकङ पराजित

हिमाल प्रेस ३१ भदौ २०८२ ६:५५ | Tuesday, September 16, 2025
एसिया कप क्रिकेट : यूएईसँग हार्‍यो ओमान, श्रीलंकासँग हङकङ पराजित

काठमाडौँ- युनाइटेड अरब इमिरेट्स (यूएई)ले एसिया कप क्रिकेटको सुपर फोरमा पुग्ने आशालाई जीवितै राखेको छ।

पहिलो खेलमा भारतसँग ९ विकेटले पराजित यूएईले सोमबार अबुधावीमा भएको आफ्नो दोस्रो खेलमा ओमानलाई ४२ रनले पराजित गरेको हो।

यूएईले बुधबार पाकिस्तानसँग लिगको अन्तिम खेल्ने छ र विजेता टोली समूह ‘ए’ बाट सुपर फोरमा पुग्नेछ।

यही खेलको विजेता टोलीले आइतबार पुनः भारतसँग खेल्नेछ। ओमानमाथि यूएईको जितले भारतको पनि औपचारिक रूपमा सुपर फोरमा निश्चित भएको हो।

पहिलो दुई खेल जितेको भारतले शुक्रबार ओमानसँग लिगको अन्तिम खेल खेल्नेछ।

अलिसन सराफु र मोहम्मद वसिमले ११ ओभरभित्र पहिलो विकेटमा ८८ रनको साझेदारी गरेपछि पहिलो ब्याटिङ गर्न निम्त्याइएको यूएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १७२ रन बनाएको थियो।

सराफुले ३८ बल खेल्दै ७ चौका र १ छक्कासहित ५१ र वसिमले ५४ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गर्दै ६९ रन बनाए। जबाफमा आएको ओमान १८ दशमलव ४ ओभरमा १३० रनमा अलआउट भयो।

ओमानका लागि आर्यन विष्टले २४ तथा कप्तान जतिन्दर सिंह र विनायक शुक्लाले समान २० रन बनाए। ​ यूएईबाट जुनैद सिद्दिकीले ४ ओभरमा २३ रन खर्चेर ४ तथा हैदर अली र मोहम्मद जवादुल्लाहले २–२ विकेट लिएका थिए।

गएराति नै भएको अर्को खेलमा श्रीलंकाले हङकङलाई चार विकेटले हराएको छ। लिगमा दुई खेल जितेको श्रीलंका समूह बीको शीर्षस्थानमा छ। तीन खेल हारेको हङकङ अंकविहीन छ।

प्रतियोगिता अन्तरगत आज यही समूहका अफगानिस्तान र बंगलादेश भिडने छन्।

प्रकाशित: ३१ भदौ २०८२ ६:५५ | Tuesday, September 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast