सुशिला कार्की प्रधानमन्त्री हुनु राष्ट्रकै गौरव : इन्दिरा राना

हिमाल प्रेस २८ भदौ २०८२ ७:५६
20
SHARES
सुशिला कार्की प्रधानमन्त्री हुनु राष्ट्रकै गौरव : इन्दिरा राना इन्दिरा रानामगर। फाइल तस्बिर।

काठमाडौँ– विघटित प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले नेपालको लोकतान्त्रिक इतिहासमा पहिलो महिला प्रधानमन्त्रीको रूपमा देशको नेतृत्व ग्रहण गर्नुभएकामा नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई बधाई तथा शुभकामना दिएकी छन् ।

पूर्व प्रधानन्यायाधीश कार्की प्रधानमन्त्री पदमा नियुक्त हुनु भएलगत्तै रानाले शुभकामना दिँदै यो उपलब्धि सम्पूर्ण नेपाली महिला मात्र होइन, सम्पूर्ण राष्ट्रकै गौरवको विषय बनेको बताएकी छन् । नेपालको राजनीतिक, सामाजिक र कानुनी क्षेत्रमा महिलाको अधिकार, समानता र सशक्तीकरणका लागि लामो समयसम्म गरेको कार्कीको संघर्ष, इमानदारिता र निष्पक्ष योगदानको उनले प्रशंसा गरेकी छन् ।

बधाई सन्देशमा भनिएको छ, `महिलाको क्षमता र नेतृत्वप्रति विश्वास जगाउँदै नेपालको लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ बनाउन तपाईँको कार्यकाल ऐतिहासिक साबित हुने विश्वास लिएको छु । संविधानले सुनिश्चित गरेका महिला अधिकार, समावेशीता, न्याय र सुशासनका सवालमा तपाईँको नेतृत्वले मुलुकलाई नयाँ ऊर्जा दिनेछ भन्ने अपेक्षा गर्दछु ।´

उनले कलिला बालबालिकाको बलिदानबाट आफूहरू हामी मर्माहत भएको उल्लेख गर्दै त्यही बलिदानको जगमा अर्को इतिहास कोर्दै आमालाई पहिलो महिला प्रधानमन्त्री बनाएको विज्ञप्तिमा बताएकी छन् । पूर्व उपसभामुख रानाले हजारौँ आमाहरू रोए पनि महिलाको एउटा इतिहास कोरिएकामा खुसी व्यक्त गरेकी छन् ।

प्रकाशित: २८ भदौ २०८२ ७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast