
काठमाडौँ- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाल आएको बंगलादेशी फुटबल टोली आज (बिहिबार) स्वदेश फर्किएको छ।
बंगलादेशबाट विशेष विमान बोलाएर बंगलादेशी टोली ढाकाका लागि उडेको अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश साहले जानकारी दिए। मंगलबारै स्वदेश फर्किने तयारीमा रहेको टोली जेनजी आन्दोलनका कारण रोकिएको थियो ।
यही भदौ २४ गते तय भएको नेपाल र बंगलादेशबीचको खेल जेनजी आन्दोलका कारण रद्द हुनपुगेको थियो। त्यसअघि शनिबार भएको नेपाल र बंगलादेशबीचको पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो।
प्रकाशित: २६ भदौ २०८२ १८:५८
प्रतिक्रिया