स्वदेश फर्कियो बंगलादेशी फुटबल टोली

हिमाल प्रेस २६ भदौ २०८२ १८:५८ | Thursday, September 11, 2025
स्वदेश फर्कियो बंगलादेशी फुटबल टोली तस्बिर : रासस

काठमाडौँ- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल  खेलका लागि नेपाल आएको बंगलादेशी फुटबल टोली आज (बिहिबार)  स्वदेश फर्किएको छ।

बंगलादेशबाट विशेष विमान बोलाएर बंगलादेशी टोली ढाकाका लागि उडेको अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश साहले जानकारी दिए। मंगलबारै स्वदेश फर्किने तयारीमा रहेको टोली जेनजी आन्दोलनका कारण रोकिएको थियो ।

यही भदौ २४ गते तय भएको नेपाल र बंगलादेशबीचको खेल जेनजी आन्दोलका कारण रद्द हुनपुगेको  थियो। त्यसअघि शनिबार भएको नेपाल र बंगलादेशबीचको पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो।

प्रकाशित: २६ भदौ २०८२ १८:५८ | Thursday, September 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast