काठमाडौँमा बिहानै वर्षा, पूर्वानुमान शाखा भन्छ: अधिकांश स्थानमा पानी पर्छ

हिमाल प्रेस २६ भदौ २०८२ ६:४४
काठमाडौँमा बिहानै वर्षा, पूर्वानुमान शाखा भन्छ: अधिकांश स्थानमा पानी पर्छ

काठमाडौँ- काठमाडौँमा आज बिहानै वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति देशका अधिकांश स्थानमा वर्षा हुनेछ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार आज दिउँसो देशभर साधारणतया बदली (आकाशमा बादल) रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाड भूभागका केही स्थान र बाँकी तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

मधेश प्रदेशलगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आज राति देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

कोशी प्रदेशको पहाड तथा मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

प्रकाशित: २६ भदौ २०८२ ६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast