प्रचण्ड निवास जाने सडकमा प्रदर्शन, प्रहरी बिट भत्काइयो

हिमाल प्रेस २४ भदौ २०८२ ९:४४
36
SHARES
प्रचण्ड निवास जाने सडकमा प्रदर्शन, प्रहरी बिट भत्काइयो तस्बिर: नेवाज फेसबुक पेजबाट।

काठमाडौँ- सोमबारको घटनामा १९ जना युवाको ज्यान गएपछि देशव्यापी रूपमा चर्किएको जेनजी आन्दोलन जारी छ। मंगलबार विहान ललितपुरको खुमलटारस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासतर्फ जाने सडकमा प्रदर्शन भइरहेको छ।

प्रदर्शनकारीहरूले प्रहरी बिट भत्काएका छन्। प्रचण्ड निवास प्रवेशद्वार नजिकैको चोकमा सुरक्षा निकायद्वारा राखिएको अस्थायी संरचना प्रदर्शनकारीद्वारा तोडफोड गरिएको हो।

आन्दोलन चर्किंदै जाँदा देशका विभिन्न स्थानहरूमा विरोध प्रदर्शनहरू भइरहेको छ। विशेष गरी जेनजी पुस्ताका युवाले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र राजनीतिक नेतृत्वको अकर्मण्यता विरुद्ध आक्रोश पोखिरहेका छन्।

काठमाडौँको कलंकी, नयाँबानेश्वरलगायतका स्थानमा व्यापक प्रदर्शनहरू भइरहेका छन्। राजधानीका तीन वटै जिल्लाहरू काठमाडौँ, ललितपुर र भक्तपुरमा स्थिति नियन्त्रण बाहिर जाने सम्भावनाका बीच कर्फ्यु आदेश जारी गरिएको छ।

प्रदर्शनको स्वरूप र क्षेत्र क्रमशः विस्तार भइरहेकाले सुरक्षामा खटिएका निकाय उच्च सतर्क अवस्थामा छन्। आन्दोलन थप चर्कने संकेतसँगै राजनीतिक नेतृत्वमाथि चर्को जनदबाब सिर्जना भएको छ।

प्रकाशित: २४ भदौ २०८२ ९:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast