
काठमाडौँ- सरकारले सामाजिक सञ्जालमा लगाएको अवरोध र कुशासनविरुद्ध उत्रिएका जेनजी प्रदर्शनकारीले नयाँबानेश्वरमा गाडी जलाएका छन्।
स्थिति नियन्त्रण बाहिर गएपछि सिंहदरबार, संसद् भवन, शीतल निवास, नारायणहिटी र नयाँबानेश्वर आसपासका क्षेत्रमा कर्फ्यु लगाइएको छ। तर आन्दोलनकारी भीड अझै नियन्त्रणमा आएको छैन।
युवापुस्ताको आन्दोलनलाई राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलहरूको समर्थन छ। राजधानीसँगै दमक, इटहरी, पोखरा, चितवन र भैरहवामा पनि प्रदर्शन उग्र बनेको छ।
दमक र इटहरीमा प्रहरीले हवाइफायर र गोली चलाउँदा झडपमा दुवै पक्षका केही घाइते भएका छन्।
युवापुस्ताले आन्दोलनलाई अझ तीव्र पारेका छन्।
प्रकाशित: २३ भदौ २०८२ १५:३२
प्रतिक्रिया