जेनजी आन्दोलन। तस्बिर : हिमालप्रेस
काठमाडौंँ- सरकारले सामाजिक सञ्जाल बन्द गराएको र देशमा बेथीति बढेको आक्रोशमा जेनजी युवा पुस्ता सडकमा छन्। आज उनीहरूले एक साथ काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएका छन्।
उनीहरूले राष्ट्रिय झन्डा र विभिन्न नारा लिएर सडकमा आएका हुन्। उनीहरूले सामूहिक आह्वान गर्दै सडक तताएका हुन्। सामाजिक सञ्जाल बन्द गरेपछि आक्रोशित बनेको युवा पुस्ता सरकारमाथि दबाब बढाउन सडकमा आएको हो।

प्रकाशित: २३ भदौ २०८२ १०:१४
प्रतिक्रिया




