टुँडिखेलमा गौरा पर्वको रौनक

हिमाल प्रेस १५ भदौ २०८२ १७:३५ | Sunday, August 31, 2025
टुँडिखेलमा गौरा पर्वको रौनक

काठमाडौँ- सुदूरपश्चिम प्रदेशमा विशेष रुपमा मनाइने गौरापर्व काठमाडौँको टुँडिखेलमा पनि मनाइएको छ।

हरेक वर्षजस्तै सुदूरपश्चिममबाट काठमाडौँ आएर बसोबास गर्ने समुदाय काठमाडौँको टुँडिखेलमा भेला भएर सद्भाव र एकताको सन्देश दिने गौरा पर्व मनाएका हुन्।

मौलिक पर्वका रुपमा मनाइने धार्मिक तथा सांस्कृतिक महत्व बोकेको गौरापर्व सुरुसुरुमा सुदूरपश्चिममा मात्र मनाइने भए पनि पछिल्लो समय काठमाडौँमा समेत विशेष रुपमा मनाउन थालिएको हो।

परापूर्वकालदेखि मनाउँदै आएको गौरापर्व सुदूरपश्चिम प्रदेशको विशिष्ठ पहिचानका रुपमा परिचित छ। गौरा पर्वले ऐतिहासिक एवं पौराणिक महत्व बोकेको छ। गौरा पूजनका हिसाबले यसदिन महिलाहरुले महत्वपूर्ण मान्दछन्।

महिलाहरुले बिहानै खोला तलाउमा स्नान गरी घाँसबाट निर्मित गौरा देवीको प्रतिमा र काठको महेश्वरको प्रतिमालाई गौरा घरबाट बाहिर आँगनमा ल्याई श्रृंगार गरी सगुन गीत गाउँदै टाउकोमा राखेर नाच्ने गर्दछन्। आठ अध्यायमा महेश्वर र गौरा गीतलाई महिलाले गाउने हुनाले यसलाई अठेवाली पनि भन्ने गरिन्छ।

हिमालयकी छोरी पार्वतीले भगवान् शिवलाई पति पाउन गौरा देवीको निराहार व्रत बसेको किंवदन्तीका आधारमा गौरा मनाउने गरिएको कथन रहेको छ। तस्बिरहरू : रासस

प्रकाशित: १५ भदौ २०८२ १७:३५ | Sunday, August 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast