
काठमाडौँ- साफ यू १७ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज घरेलु टोली भुटानसँग खेल्दैछ ।खेल थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा नेपाली समयअनुसार ५:४५ बजेदेखि सुरु हुनेछ। आजै दिउँसो २:४५ मा भारत र बंगलादेश पनि खेल्दैछन्।
साफ यू १७ महिला च्याम्पियनसिपको उपाधि भारतले जितिसकेको छ। भारत ५ खेलमा अपराजित रहँदै च्याम्पियन बनेको हो।
नेपालले यसअघि खेलेको पहिलो खेलमा भारतसँग ७-० को हार, दोस्रोमा भुटानसँग २-१ को जित हासिल गरेको थियो। तेस्रो खेलमा नेपाल बंगलादेशसँग ३-० को हार, चौथो खेलमा बंगलादेशसँग ४-१ को हार बेहोरेको थियो। पाँचौं खेलमा भारतसँग ५-० ले हार बेहोरेको थियो।
भुटानले अहिलेसम्म खेलेका ५ खेलमा एक खेल बराबरी खेलेको छ भने ४ खेलमा हार बेहोरेको छ। भुटानले पछिल्लो खेलमा बंगलादेशलाई १-१ को बराबरीमा रोकेको थियो।