नारायणी अस्पतालमा हैजाबाट संक्रमित ६४ जना बिरामी उपचाररत, १६२ जना फर्किए

हिमाल प्रेस १२ भदौ २०८२ ९:१३
4
SHARES
नारायणी अस्पतालमा हैजाबाट संक्रमित ६४ जना बिरामी उपचाररत, १६२ जना फर्किए

वीरगन्ज-  नारायणी अस्पतालमा हैजाबाट संक्रमित ६४ जना बिरामी उपचाररत रहेका छन् । अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार उनीहरुको अवस्था सामान्य छन् ।

अस्पतालमा यही भदौ ६ देखि ११ गतेसम्म २२६ जना झाडाका बिरामी आएकामा १६२ जना स्वास्थ्यलाभ गरेर घर फर्किएका उनले जानकारी दिए । छ जनाको सघन उपचारकक्षमा उपचार भइरहेको छ ।

बुधबार साँझसम्म ११० जनाको ‘कोलेरा आरडिटी’ गरिएकामा ४८ जनालाई हैजाको संक्रमण पुष्टि भएको छ । आरडिटी पोजिटिभमध्ये १५ जनाको नमूना ‘कल्चर’का लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पठाइकामा १२ जनामा ‘भिब्रिओ कोलेरा’ भेटिएको छ । रासस

प्रकाशित: १२ भदौ २०८२ ९:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast