वीरगञ्जमा भेटिए हैजाका बिरामी, १० नमुनामध्ये आठमा संक्रमण

हिमाल प्रेस १० भदौ २०८२ १९:११ | Tuesday, August 26, 2025
वीरगञ्जमा भेटिए हैजाका बिरामी, १० नमुनामध्ये आठमा संक्रमण

वीरगञ्ज (पर्सा)- वीरगञ्जमा हैजाको आशंकामा १० बिरामीको नमुना परीक्षण गर्दा आठमा सङ्क्रमण पुष्टि भएको जनाएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रञ्जनराज भट्टले १० वटा नमुनामध्ये आठवटा नमुनामा हैजाको सङ्क्रमण पुष्टि भएको जानकारी दिए। ‘वीरगञ्जबाट हैजाका लक्षण देखापरेका बिरामीको दिसा संकलन गरेर नमुना परीक्षण गर्न प्रयोगशालामा पठाइएको थियो,’ उनले भने, ‘प्रयोगशालामा रहेको ‘भाइटेक’ प्रविधिबाट कल्चर गर्दा १० नमुनामध्ये आठमा सङ्क्रमण भेट्टिएको छ।’

निर्देशक डा. भट्टले स्थानीय अस्पतालले यसअघि नै ‘आरडीटी’ गरेर हैजा भएको पुष्टि गरे पनि थप पुष्टि गर्न नमुना परीक्षण गरिएको जानकारी दिए। ‘वीरगञ्जका स्थानीय अस्पतालले आरडीटी गरेर हैजा भएको त थाहा पाइसक्नुभएको थियो। कहिलेकाहीँ त्यसमा केही रिजल्ट फरक आउन सक्ने भएकाले थप पुष्टिका लागि यहाँ कल्चर गरिएको हो,’ उनले भने।

प्रकाशित: १० भदौ २०८२ १९:११ | Tuesday, August 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast