स्याङ्जाको ढुंगेदेउराली क्लबलाई लामाचौर कप

हिमाल प्रेस १० भदौ २०८२ १८:५६
14
SHARES
स्याङ्जाको ढुंगेदेउराली क्लबलाई लामाचौर कप

पोखरा- रारा लामाचौर कप खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि ढुंगेदेउराली क्लबले जितेको छ।

नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा मंगलबार फाइनलमा जिएम समाज कावासोतीलाई ३–२ सेटमा पराजित गर्दै उपाधिसहित नगद ३ लाख जितेको हो। उपविजेताले १ लाख ५० हजार प्राप्त गरेको छ।

खचाखच दर्शकमाझ अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा ढुंगेदेउरालीले २२–२५, २५–१८, २५–२७, २६–२४ र १५–१२ सेटले उपाधिमा कब्जा जमाउन सफल भएको हो। चौथो सेट २४–२४ को रोमाञ्चक मोडमा पुगेकोमा सञ्जुविक्रम शाह कप्तानीको ढुंगेदेउरालीले विपक्षीलाई रोकेको थियो।

पुरुषततर्फ ढुंगेदेउरालीका सफल बिक सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले १० हजार पुरस्कार पाए। उनी फाइनलमा म्याच अफ दि म्याच पनि बने।

विधागत पुरस्कारमा ढुंगेदेउरालीले नै वर्चश्व जमाएको छ। बेस्ट स्पाइकर सञ्जुविक्रम शाह, बेस्ट डिफेन्डर राजन दर्लामी, बेस्ट सर्भर किसान गुरुङ, इमर्जिङ प्लेयर सुगम सुनार र बेस्ट कोच विक्रम नेपाली भए। जिएम समाजका विवश आले बेस्ट सेटर र हिमाल सुनारी बेस्ट ब्लकर घोषित भएको नेपाल भलिबल संघ केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए।

यसैगरी, पोखरा एक्सपर्ट एजुकेशन लामाचौर कप अन्तरमावि छात्रा भलिबल प्रतियोगिताको उपाधि शान्त माविले जितेको छ। फाइनलमा टप्स माविलाई ३–१ सेटमा पराजित गर्दै उपाधिसहित नगद १ लाख जितेको हो। उपविजेताले ५० हजार पुरस्कार प्राप्त गरेको छ।

टप्सले पहिलो सेट आफ्नो पक्षमा पारेको थियो। तर शान्तले एकाएक रणनीतिक खेल खेल्दै २२–२५, २५–६, २५–१३ र २५–१४ सेटमा उपाधि जितेको हो।

बेस्ट प्लेयर शान्तकी पृथ्वी गाह बनिन्। शान्तकै अपेक्षा बिक बेस्ट स्पाइकर, अस्तर राई बेस्ट सर्भर, प्रमिला नेपाली बेस्ट ब्लकर, एलिना गुरुङ बेस्ट लिबेरो, टप्सकी एलिजा आले बेस्ट सेटर घोषित भए। बेस्ट कोच शान्तका दिनेश चौधरी र राइजिङ प्लेयर पोखरा युनाइेटेडकी यमुना थापा बने।

प्रकाशित: १० भदौ २०८२ १८:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast