हैजा संक्रमणका कारण वीरगन्जका स्कुलमा पठनपाठन बन्द 

हिमाल प्रेस १० भदौ २०८२ १६:१५ | Tuesday, August 26, 2025
हैजा संक्रमणका कारण वीरगन्जका स्कुलमा पठनपाठन बन्द  वीरगञ्ज
काठमाडौँ– हैजा संक्रमण फैलिएपछि वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा केही दिनका लागि पठनपाठन बन्द गरेको छ। मंगलबार बसेको नगर प्रमुखस्तरीय बैठकको निर्णयानुसार भदौ ११ गतेदेखि १३ गतेसम्मका लागि महानगरपालिकाअन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिएको हो।
‘त्यसअवधिमा विद्यालयको सेवा क्षेत्रभित्र रहेका समुदायहरूमा विद्यालयको सबै शिक्षक, कर्मचारीहरूको टोली बनाई हैजा नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्य सञ्चालन गर्न अनिवार्य रूपमा शिक्षक, कर्मचारीहरू परिचालन गर्नु गराउनुहुन अनुरोध छ’, महानगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
वीरगन्ज महानगरमा हैजाबाट झन्डै एक सय पुगेको छ। स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले वीरगन्जमा वीरगन्जका विभिन्न अस्पतालमा १६६ जना हैजाका बिरामी उपचाररत रहेको जानकारी दिए। उनका अनुसार १७८ जना उपचारपछि घर फर्किएका छन्।
प्रकाशित: १० भदौ २०८२ १६:१५ | Tuesday, August 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast