मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै

हिमाल प्रेस १० भदौ २०८२ ७:३८
4
SHARES
मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै
महोत्तरी- मिथिला क्षेत्रमा आज चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदैछ। श्रद्धा र आस्थाको पर्वका रुपमा मानिएको चौरचनमा आज राति चन्द्रमाको पूजा गरिन्छ। पर्वलाई मिथिलाञ्चलको गाउँबस्तीमा चौरचनपर्वको नामले पनि प्रख्यात छ । कुनै ठाउँमा यस पर्वलाई चौठचन्द्र पर्व भनेर पनि सम्बोधन गरिन्छ ।

संस्कृतिविद् ध्रुव राय पर्वका अवसरमा परिवारका सदस्य जमघट हुने र एकैसाथ खाना खाने चलन भएकाले आपसी सम्बन्ध बलियो बनाउने माध्यम भएको बताउँछन्।

महिला आज दिनभर निराहार उपबास बसी राति चन्द्रमाको पूजाआजा गरेपछि अन्न र जल ग्रहण गर्नेछन्। पर्वमा विभिन्न फलफूल, मिठाइ, दही, पुरी र खीर खाने चलन रहेको जलेश्वर नगरपालिका–८ का व्रतालु राजवतीदेवीले बताउँछन्।

महिलाले पूजा सकाएपछि घरका सबै सदस्यले पालैपालो आँगनमा राखिएको विभिन्न फलफूल लिएर चन्द्रमाको दर्शन गर्छन्। चौरचनपर्व सम्पन्न भएपछि परिवारका सदस्यहरु आँगनमै बसेर खीर, पुरी, दही, मिठाइ खाने चलन छ।

प्रकाशित: १० भदौ २०८२ ७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast