वीरगन्जमा हैजा संक्रमितको संख्या ८१ पुग्यो

हिमाल प्रेस ९ भदौ २०८२ १६:४९ | Monday, August 25, 2025
वीरगन्जमा हैजा संक्रमितको संख्या ८१ पुग्यो

काठमाडौँ- वीरगन्ज महानगरपालिकामा हैजा संक्रमितको संख्या ८१ पुगेको छ। गत शुक्रबारदेखि हैजा फैलिएको वीरगन्जमा संक्रमितको संख्या ८१ पुगेको हो।

महानगरपालिका कार्यालयका स्वास्थ्य शाखा प्रमुख राजुप्रसाद साहले सोमबार मध्याह्नसम्म हैजा संक्रमितको संख्या ८१ पुगेको जानकारी दिए।

उनले संक्रमितको संख्या बढिरहे पनि उपचारपश्चात निको भएर डिस्चार्ज पनि हुने गरेको बताए। साहले भने,‘संक्रमितको संख्या ८१ पुगेको छ। उनीहरू सबैको उपचार भइरहेको छ। डिस्चार्ज पनि भइरहेको छ। साँझसम्म वस्तुस्थितिको यथार्थ अवस्था आउँछ।’

यसैबीच स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल वीरगन्ज पुगेर हैजा फैलिएसपछि त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएका छन्। पौडेलले नारायणी अस्पताल पुगेर हैजा संक्रमणको अवस्थाबारे जानकारी लिएका हुन्। नारायणी अस्पतालमा बिरामीहरूसँग भेटेका उनले उपचारमा कुनै कमी नराख्न चिकित्सकहरूलाई निर्देशन दिए।

त्यस्तै झाडापखाला र हैजा नियन्त्रणका लागि प्रादेशिक अस्पताल गौर रौतहटबाट दुई जना चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली पनि वीरगन्ज पुगेको छ।

गौर अस्पतालका डा.परशुराम यादव र डा.विष्णुकुमार साह नेतृत्वको स्वास्थ्यकर्मी नारायणी अस्पताल आइपुगेको हो।

प्रादेशिक अस्पताल गौरका अध्यक्ष मोहम्मद अनवर हासमीले वीरगञ्जमा झाडापखला र हैजाका बिरामी देखिएपछि आवश्यक सहयोगका लागि चिकित्सकसहितको टोली वीरगन्ज पठाइएको जानकारी दिए।

शुक्रबार वीरगन्ज–१२ मुर्ली नयाँ टोलाका बासिन्दामा हैजा संक्रमण देखिएको छ। समुदायस्तरमा संक्रमण फैलिएपछि वीरगन्ज महानगरपालिकाले अस्पतालका प्रमुखहरूसँग छलफल गरेर २४ वटा टोली गठन गरेको थियो। ति टोलीहरूलाई बिरामीको उपचारको व्यवस्था गर्न, हैजा नियन्त्रणका लागि प्रभावकारी योजना बनाउन, समुदायमा पुगेर सचेतना जगाउनेलगायतका अभियान सञ्चालन गर्ने जिम्मेवारी दिइएको छ।

प्रकाशित: ९ भदौ २०८२ १६:४९ | Monday, August 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast