![पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पा, वरिष्ठ उपाध्यक्षमा ईश्वर पौडेल र मिङ्मा ग्याबो [मतसहित]](https://himalpress.com/wp-content/uploads/2025/08/parbatarohan-sangh.jpg)
काठमाडौँ- नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनमा शेर्पाले प्रतिस्पर्धी कुलबहादुर गुरुङलाई पराजित गरेका हुन्। वरिष्ठ उपाध्यक्षमा शेर्पा समूहमा ईश्वर पौडेल विजयी हुँदा प्रथम उपाध्यक्षमा गुरुङ टिमका मिङ्मा ग्याबो शेर्पा विजयी बने।
द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी र महासचिवमा राजेन्द्र लामा विजयी भएका छन्। सचिवमा चन्दन थापा विजयी भए।
सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डङ्गोल, दिकी शेर्पा र निशा भोटे विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
कसको मत कति?
अध्यक्ष फुर गेल्जे शेर्पा: ३४२ (विजयी)
माओवादी कुल बहादुर गुरुङ: २८८
वरिष्ठ उपाध्यक्ष (दुवै एमाले) इश्वरी पौडेल: ३४५ (विजयी) टिका गुरुङ: २५८
प्रथम उपाध्यक्ष काजी शेर्पा: २५६ मिङ्मा ग्याबो शेर्पा: ३५९ (विजयी) एमाले
द्वितीय उपाध्यक्ष, बोध राज भण्डारी: ३६८ (विजयी) धन बहादुर गुरुङ:२३८
महासचिव, राजेन्द्र बहादुर लामा: ३१८ (विजयी) विमल नहर्की: २०९, शिव सापकोटा: ६८
सचिव, चन्दन थापा: ३५८ (विजयी) ङिमा दिकी शेर्पा: २४४
कोषाध्यक्ष ङिमा नुर्बु शेर्पा: ३०४ सुमी लामा: ३०४ (कोषाध्यक्षको बराबरी भएकाले आधा आधा कार्यकालका लागि गोलाप्रथा गर्ने सहमति अनुसार काम भइरहेको)
सदस्य: माधवकुमार धमला: २७८ केदार न्यौपाने: ३०२ थुप्देन शेर्पा: ३२६ गोकुल थापा: २८८ मुलाल गुरुङ: ३५१ देण्डी शेर्पा: ३११ विक्रम कार्की: ३०६ रिञ्जे शेर्पा: ३०१ देवेन्द्र डंगोल: २९५ दिकी शेर्पा: २८८ निशा भोटे: ३०७
प्रकाशित: ८ भदौ २०८२ ७:५५
प्रतिक्रिया