भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी प्रतिवेदन पारित

हिमाल प्रेस ५ भदौ २०८२ १६:१३ | Thursday, August 21, 2025
भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी प्रतिवेदन पारित

काठमाडौँ– कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ सम्बन्धी समितिको प्रतिवेदन पारित गरेको छ।

समितिको बिहीबारको बैठकमा बहुमतले समितिको प्रतिवेदन पारित गरेको सभापति कुसुमदेवी थापाले जानकारी दिइन्।

नेपाली कांग्रेस, नेकपा (एमाले), नागरिक उन्मुक्ति पार्टीका सांसदहरु प्रतिवेदन पारित गर्ने पक्षमा उभिएका थिए। नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले भने प्रतिवेदन पारित गर्ने समयमा बैठक बहिष्कार गरेका थिए।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सांसदहरुको भनाइअनुसार भूमि व्यवस्था मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संशोधन गरेको बताएका थिए। संशोधन गरेका विषयलाई हेरेर अघि बढाउन उनले सांसदहरुलाई आग्रह गरेका थिए।

सांसदद्वय बीरबहादुर बलायर, सरस्वती सुब्बालगायतले धेरै छलफल भइसकेकाले सो प्रतिवेदन पारित गरिनुपर्ने बताएका थिए।

सांसदद्वय रुपा सोसी चौधरी र अशोक चौधरीले पहिले भएका केही विषयविना जानकारी प्रतिवेदनबाट हटाइएको, प्रतिवेदनमा फरक मत लेख्न समय दिनुपर्ने माग गरेका थिए।

प्रकाशित: ५ भदौ २०८२ १६:१३ | Thursday, August 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast