कति छ डलरको भाउ?

हिमाल प्रेस ५ भदौ २०८२ ६:२६
6
SHARES
कति छ डलरको भाउ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित कतिपय विदेशी मुद्राको मूल्य घटेको छ। यी मुद्राको मूल्य मंगलबार र बुधबार पनि घटेको थियो।

आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६१ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४३ पैसा थियो।

यही साउन २१ गते अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४० रुपैयाँ ७९ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर अहिलेसम्मकै उच्च हो।

आज युरो एकको खरिददर १६१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ५८ पैसा छ। हिजो युरो एकको खरिददर १६२ रुपैयाँ १९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८९ पैसा थियो।

आज पाउन्ड एकको खरिददर १८७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८८ रुपैयाँ २९ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ४८ पैसा थियो।

आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८३ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०९ पैसा र बिक्रीदर ९० रुपैयाँ ४८ पैसा थियो।

कुबेती दिनार एकको खरिददर ४५४ रुपैयाँ ८२ र बिक्रीदर ४५६ रुपैयाँ ७८ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४५४ रुपैयाँ २४ र बिक्रीदर ४५६ रुपैयाँ २१ पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर ३६८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३७० रुपैयाँ ३१ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६८ रुपैयाँ २५ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ८४ पैसा थियो।

प्रकाशित: ५ भदौ २०८२ ६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast