जापानीज इन्सेफ्लाईटिसबाट चितवनमा तीनको मृत्यु

हिमाल प्रेस ३ भदौ २०८२ १४:०२ | Tuesday, August 19, 2025
जापानीज इन्सेफ्लाईटिसबाट चितवनमा तीनको मृत्यु प्रतीकात्मक तस्बिर।

चितवन- जिल्लाका तीन जनाले जापानीज इन्सेफ्लाईटिसबाट ज्यान गुमाएका छन्। जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार गत साउन २३ देखि भदौ ३ गते सम्मको नमुना परीक्षणमा ९ जना संक्रमित फेला परेका थिए। ती मध्ये तीन जनाको मृत्यु भएको हो।

जापानीज इन्सेफ्लाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका बासिन्दामा भेटिएको छ।

यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने उनले जानकारी दिँदै उनले सबैलाई सचेत रहन आग्रह गरेका छन्। अचानक उच्च ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, बान्ता हुने, शरीर काम्ने, घाँटी दख्ने जापानीज इन्सेफ्लाइटिसका लक्षण हुन्।

प्रकाशित: ३ भदौ २०८२ १४:०२ | Tuesday, August 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast