उपसभामुखलाई महाअभियोग प्रकरण : दुई बजेसम्ममा दलको कार्यालयमा आइपुग्न कांग्रेसको निर्देशन

हिमाल प्रेस ३ भदौ २०८२ ११:२८
120
SHARES
उपसभामुखलाई महाअभियोग प्रकरण :  दुई बजेसम्ममा दलको कार्यालयमा आइपुग्न कांग्रेसको निर्देशन फाइल तस्बिर

काठमाडौँ-  सत्तारुढ दलहरू उपसभामुख इन्दिरा राना मगरलाई महाअभियोग लगाउने विषयमा  सक्रिय भएका छन्। यसका लागि उनीहरू  हस्ताक्षर अभियानमा जुटेको नेताहरूले बताएका छन्।

सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेको संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ। एमालेका एक सांसदका अनुसार सबै सांसदलाई अनिवार्य उपस्थित हुन आह्वान गरिएको छ।

ती सांसदका अनुसार उपसभामुख रानालाई महाअभियोग लगाउनकै लागि बैठक डाकिएको हो। यस विषयमा  कांग्रेस-एमालेबीच यसअघि नै सहमति भएको छ।

नेपाली कांग्रेसले पनि संसदीय दलको बैठक बोलाएको छ। उता सभामुख शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा पदाधिकारी बैठक बसेको छ। कांग्रेसका एक नेताका अनुसार उपसभामुखकै विषयमा छलफलका लागि बैठक आह्वान गरिएको हो।

कांग्रेस सांसदहरूलाई पनि आज अपराह्न २ बजेसम्ममा सिंहदरबारस्थित कांग्रेस दलको कार्यालयमा अनिवार्य पुग्न भनिएको छ। ‘हाम्रो दलको बैठक बोलाइएको छैन तर २ बजेसम्ममा पुग्न भनिएको छ,’ कांग्रेसका एक सांसदले भने। उपसभामुख रानालाई सत्ता नेतृत्वकर्ता दलले महाअभियोग लगाउने तयारी गरेका छन्।

प्रकाशित: ३ भदौ २०८२ ११:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast