कुलिङ पिरियड प्रतिवेदनबारे सरकारको धारणा सार्वजनिक गर्न माओवादीको माग

हिमाल प्रेस २७ साउन २०८२ १६:०४ | Tuesday, August 12, 2025
कुलिङ पिरियड प्रतिवेदनबारे सरकारको धारणा सार्वजनिक गर्न माओवादीको माग

काठमाडौँ- नेकपा माओवादी केन्द्रले कुलिङ पिरियडसम्बन्धी छानबिन प्रतिवेदन कार्यान्वयनबारे सरकारको धारणा सार्वजनिक गर्न आग्रह गरेको छ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले प्रतिवेदन पेस भएको तीन सातापछि पनि सरकारले आफ्नो दृष्टिकोण नबताएको भन्दै ध्यानाकर्षण गराए।

‘उक्त प्रतिवेदनबारे सरकारको दृष्टिकोण के हो ? यो स्पष्ट होस् र प्रतिवेदन कार्यान्वयनमा तदारुकता देखाइओस्,’ बस्नेतले भने।

संघीय निजामती सेवा विधेयक, २०८० मा त्रुटि भएको भन्ने आराेपपछि गठित संसदीय विशेष छानबिन समितिले साउन २० गते प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको थियो।

प्रतिवेदन कार्यान्वयनको प्रक्रिया सभामुखको छलफलमा रहेकै बेला माओवादीले सरकारको ध्यानाकर्षण गराएको हो।

प्रकाशित: २७ साउन २०८२ १६:०४ | Tuesday, August 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast