एनपीएन दोस्रो सिजनको अक्सन आज

हिमाल प्रेस २४ साउन २०८२ ८:४९
10
SHARES
एनपीएन दोस्रो सिजनको अक्सन आज

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मिनी अक्सन आज हुँदैछ।

खेलाडी लिन ५ टिमबीच तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। तीव्र प्रतिस्पर्धामा चितवन राइनोज, विराटनगर किंग्स, लुम्बिनी लायन्स, काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स छन्।

गत वर्ष भएको पहिलो सिजनको अक्सनमा एउटा टोलीले मार्कीबाहेक कम्तीमा ६५ लाख र बढीमा ९० लाख रुपैयाँ खर्च गर्न पाउने प्रावधान थियो। आज चितवनले ५८ लाख, विराटनगरले ४५ लाख ५० हजार, लुम्बिनीले ४५ लाख २० हजार, काठमान्डुले ४३ लाख र सुदूरपश्चिमले ४१ लाख ५० हजार खर्च गर्न पाउने छ।

मिनी अक्सनमा अर्जुन साउद, दिलीप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेषावकर, मोहम्मद आदिल आलम, सूर्य तामाङ र सुनाम गौतम ‘ए’ श्रेणीमा रहेका छन्। उनीहरूको भाउ न्युनतम १० लाख रुपैयाँ रहेको छ भने अधिकतम १५ लाख हुनेछ।

तीन वर्षअघि नेपाल टी २० लिगमा स्पट फिक्सिङका आरोप लागेका आदिललाई क्यानले अघिल्लो महिनामात्र राष्ट्रिय प्रतियोगिता खेल्न स्वीकृति दिएको थियो। भेट्रान शरदलाई चितवन, अर्जुन र सूर्यलाई लुम्बिनी, दिलीप र सुनामलाई पोखरा तथा देव खनाललाई कर्णालीले रिलिज गरेको थियो।

‘बी’ श्रेणीको भाउ ५ लाख रुपैयाँ रहेको छ र अधिकतम १० लाखमा गएर टुंगिने छ। ‘बी’ श्रेणीमा रहेका ३५ खेलाडी छन्।

प्रकाशित: २४ साउन २०८२ ८:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast