सुनको मूल्यले तोड्यो अघिल्लो रेकर्ड

हिमाल प्रेस २३ साउन २०८२ ११:५६
20
SHARES
सुनको मूल्यले तोड्यो अघिल्लो रेकर्ड

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज फेरि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

गत साउन २० गते पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला एक लाख ९९ हजार चार सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला ९ सय रुपैयाँ बढी हो।

बिहीबार भने सुन प्रतितोला १ लाख ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा शुक्रबार भने सुन प्रतितोला एक हजार रुपैयाँ बढेको हो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला दुई हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला दुई हजार तीन सय २५ रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ बढेको हो।

प्रकाशित: २३ साउन २०८२ ११:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast