सबैखाले गुटबन्दी अन्त्य गर्ने माओवादीको संकल्प

हिमाल प्रेस १९ साउन २०८२ १५:१८
20
SHARES
सबैखाले गुटबन्दी अन्त्य गर्ने माओवादीको संकल्प

काठमाडौँ- माओवादी केन्द्रले पार्टीमा रहेको सबैखाले गुटबन्दी अन्त्य गर्ने संकल्प गरेको छ। पार्टी स्थायी समिति बैठक समापनपछि सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चारकर्मीलाई यस्तो जानकारी दिएका हुन्।

उनले भने, ‘बैखाले गुटबन्दी र सूमहबद्धता अन्त्य गर्ने सामूहिक संकल्प लिएका छौँ।’ उनले फेरि एकपटक जनतामा जाने र जनताका मुद्दामा आन्दोलनमा जाने निर्णय भएको पनि बताए।

प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकले पार्टी स्थायी समिति बैठकको एजेन्डा पारित गरेको जानकारी दिए। उनले बैठकले समाजवादी मोर्चालाई अझ सक्रिय बनाउने विषयमा छलफल भएको बताए।

यसैगरी उपमहासचिव जनार्दन शर्माले बैठकमा सबै एजेन्डामा छलफल भएको बताए।

प्रकाशित: १९ साउन २०८२ १५:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast