आज साउनको तेस्रो सोमबार, पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो

हिमाल प्रेस १९ साउन २०८२ ८:३९
8
SHARES
आज साउनको तेस्रो सोमबार, पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिका अवसरमा बुधबार बिहान पूजाअर्चना गर्न आएका भक्तजनको घुइँचो। तस्बिर : हरिराम भेटुवाल/रासस

काठमाडौँ- आज साउन महिनाको तेस्रो सोमबार काठमाडौँको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनको घुँइचो लागेको छ।

पशुपतिनाथ दर्शनको लागि हजारौँ भक्तजन उज्यालो नहुँदै पशुपति क्षेत्रमा पुगेका छन्।

साउनको सोमबार उपवास बसी भगवान् शिव र पार्वतीको पूजाआराधना गर्ने परम्परा छ। साउने सोमबार विधिपूर्वक शिवको आराधना गर्दा परिवारमा सुख शान्ति र समृद्धि आउने विश्वास छ।

आज काठमाडौँ उपत्यकाका अन्य शिवालयहरूमा पनि भक्तजनको भीड लागेको छ। राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर, पूर्वी भेगस्थित पेप्सीकोलाको नागेश्वर मन्दिर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिरलगायतका शिवालयमा पनि भक्तजनको भीड लागेको छ। रासस

प्रकाशित: १९ साउन २०८२ ८:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast