रानीफूलको विद्रोह र एक चित्रकारको सिर्जना ‘जब फूलले आकार लिन्छ’

हिमाल प्रेस १५ साउन २०८२ १३:१६ | Thursday, July 31, 2025
16
SHARES
रानीफूलको विद्रोह र एक चित्रकारको सिर्जना ‘जब फूलले आकार लिन्छ’

काठमाडौँ- कालिकास्थानस्थित सर्वनाम थिएटरमा साउन १२ गतेदेखि नाटक ‘जब फूलले आकार लिन्छ’ मञ्चन भइरहेको छ।

सर्वनाम २१ औं ब्याचको प्रशिक्षार्थी समूहको प्रस्तुति रहेको नाटकको लेखन तथा निर्देशन उक्तले नै गरेका हुन्।

नाटकमा गायत्री जोशी, सुमिक्षा न्यौपाने, इस्मिता भुसाल, अञ्जली कोइराला, सुभाष पौडेल, राजन मोक्तान, विजय चापागाईं, मनोज बोहरा, पवन थापालगायत कलाकारको अभिनय छ।

नाटकमा दुई समानान्तर पात्रहरुको आफ्नो भोगाइलाई चित्रण गरिएको छ। एक प्रकृतिसँग रमाउन चाहाने रानीफूल। जब यसलाई मन्दिरमा चढाउने तयारी गरिन्छ, तब उसको विद्रोहको आवाजहरू गुञ्जिन थाल्छन्।

अर्को, परिवार र समाजबाट अपहेलित एक चित्रकारले आफूलाई कुरूप भनिएकै कारण सुन्दर चित्रहरू बनाउन थाल्छ। नाटकको कथावस्तु यी दुई पात्रको यात्रा, संघर्ष र परिवेशमा तयार पारिएको छ।

नाटकमा बाहिरीभन्दा भित्री सुन्दरताको महत्त्व खोज्ने चित्रकार र आफैँभित्र खुसी खोज्ने रानीफूलको संघर्षको कथा प्रस्तुत गरिएको छ। नाटकको भाव नै समाज र समयले लखेट्दा एक बिन्दुमा पुगेका चित्रकार र प्रकृतिसँग रमाउन चाहने रानीफूलले खोजेको परिभाषा  हो।

साउन १८ सम्म मञ्चन हुने नाटककाे बिहीबारबाहेक साताको प्रत्येक दिन सवा ५ बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त सो मञ्चन हुनेछ।

 

प्रकाशित: १५ साउन २०८२ १३:१६ | Thursday, July 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast