मन्त्री हेरफेर गर्न कांग्रेस-एमालेको बैठक बालुवाटारमा

हिमाल प्रेस १५ साउन २०८२ १२:५६
58
SHARES
मन्त्री हेरफेर गर्न कांग्रेस-एमालेको बैठक बालुवाटारमा

काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल सुरु भएको छ।

प्रधानमन्त्री निवासमा केही समयअघि सुरु भएको छलफलमा पछिल्लो राजनीतिक अवस्था, मन्त्री हेरफेरको सम्भावना, बागमती प्रदेश सरकारमा देखिएको असमझदारीलगायतका मुद्दामा कुराकानी भइरहेको जनाइएको छ।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी छन्।

कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast