उपसभामुख चीन भ्रमणबाट फर्किइन्

हिमाल प्रेस १२ साउन २०८२ १२:१५
4
SHARES
उपसभामुख चीन भ्रमणबाट फर्किइन्

काठमाडौँ- उपसभामुख इन्दिरा राना मगर जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमण सम्पन्न गरी हिजो राति स्वदेश फर्किएकी छन्।

चीनको हेनान प्रान्तमा आयोजित कार्यक्रममा सहभागी भएर उपसभामुख राना आइतबार राति ११:३० बजे स्वदेश फर्किएकी हुन्।

उपसभामुख राना साउन ७ गतेदेखि ११ गतेसम्म आयोजित सांघाई सहयोगमञ्च, मिडिया र ‘थिंक ट्याङ’ शिखर सम्मेलनमा सहभागी भएकी थिइन्।

उपसभामुख राना नेतृत्वको प्रतिनिधि मण्डलमा संघीय संसद् सचिवालयका उपसचिव जगदिश न्यौपानेसमेत सम्मिलित थिए।

प्रकाशित: १२ साउन २०८२ १२:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast