वीरगन्ज नाकाबाटै ३१ करोड ३८ लाख ६५ हजार ४७३ किलो धान भित्रियो, १२ अर्ब ७२ करोड बाहिरियो

हिमाल प्रेस १२ साउन २०८२ ८:५४
20
SHARES
वीरगन्ज नाकाबाटै ३१ करोड ३८ लाख ६५ हजार ४७३ किलो धान भित्रियो, १२ अर्ब ७२ करोड बाहिरियो फाइल तस्बिर

पर्सा- वीरगन्ज नाका हुँदै गत आर्थिक वर्षमा १२ अर्ब ७२ करोड मूल्य बराबरको ३१ करोड ३८ लाख ६५ हजार ४७३ किलोग्राम धान आयात भएको छ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आवमा मात्रै मूल्यको आधारमा ५३ प्रतिशत बढी धान आयात भएको हो । वीरगन्ज भन्सार कार्यालयका अनुसार अघिल्लो आवमा आठ अर्ब २९ करोड मूल्य बराबरको २० करोड ८० लाख ९२ हजार ४४८ किलो धान आयात भएको थियो।

कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गत आवमा अघिल्लो आवको तुलनामा धान र चामल दुवैको आयातमा वृद्धि भएको जानकारी दिए।

गत आवमा धान मात्रै नभएर चामल आयातमा पनि वृद्धि भएको छ । आव २०८१/८२ मा दुई अर्ब ४१ करोड मूल्य बराबरको दुई करोड ४८ लाख १३ हजार ५३१ किलो चामल आयात भएको छ।

अघिल्लो आवमा एक अर्ब ७३ करोड मूल्य बराबरको एक करोड ३२ लाख ४१ हजार ३७६ किलोग्राम चामल आयात भएको थियो। अघिल्लो आवको तुलनामा गत आवमा मूल्यको आधारमा ४० प्रतिशतले चामल आयात बढेको छ। गत आर्थिक वर्षमा छ अर्ब ७३ करोड मूल्य बराबरको १३ करोड ९६ लाख ५९ हजार ६२१ किलो मकै आयात भएको छ।

जबकी अघिल्लो आवमा पाँच अर्ब ५९ करोड मूल्य पर्ने १२ करोड ९९ लाख १८ हजार १७३ किलोग्राम मकै आयात भएको थियो।

गत आर्थिक वर्षमा ४७ करोड मूल्य बराबरको ९१ लाख ९२ हजार ९८१ किलो फापर, कोदो र अन्य खाद्यान्न आयात भएको छ। जबकी अघिल्लो आवमा रु ४३ करोड मूल्य बराबरको ८४ लाख ९५ हजार ४४५ किलोग्राम फापर, कोदो, र अन्य खाद्यान्न आयात भएको थियो।

गत आवमा चार करोड मूल्य बराबरको आठ लाख ४७ हजार ७८० किलोग्राम कनिका आयात भएको छ। रासस

प्रकाशित: १२ साउन २०८२ ८:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast