वर्तमान सत्ता गठबन्धन कुनै पनि हालतमा टुट्दैन : केसी

हिमाल प्रेस ३ साउन २०८२ १९:०५ | Saturday, July 19, 2025
वर्तमान सत्ता गठबन्धन कुनै पनि हालतमा टुट्दैन : केसी

काठमाडौँ– नेपाली कांग्रेसका नेता राजेन्द्रकुमार केसीले कांग्रेस–एमालेको वर्तमान सत्ता गठबन्धन कुनै पनि हालतमा नटुट्ने दाबी गरेका छन्।

रिपोटर्स क्लब नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा उनले वर्तमान सरकार सहज ढंगले अघि बढेको भन्दै वर्तमान सत्ता गठबन्धन कुनै पनि हालतमा नटुट्ने दाबी गरेका हुन्।

उनले दलको विधानले प्रधानमन्त्री हुनका लागि संसदीय दलको नेता हुनुपर्ने व्यवस्था रहेकाले शेखर कोइराला पार्टीको संसदीय दलको नेता बन्न नसक्ने पनि ठोकुवा गरे।

पार्टीभित्रको विवाद र बहस स्वाभाविक भएको भन्दै यही विवादका कारण पार्टी विभाजन नहुने उनले बताए। केसीले पार्टीभित्र भएको अनुशासनको कारबाही पनि अहिले अन्तिम नभएकोले यसमा चित्त नबुझे पूनरावलोकनमा जान सकिने बताए।

नेता केसीले मुलुकको खास संकट भनेको रोजगारी सिर्जना गर्न नसक्नु भएको उल्लेख गर्दै अहिलेको सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताए।

प्रकाशित: ३ साउन २०८२ १९:०५ | Saturday, July 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast