कति छ आज तरकारीको मूल्य?

हिमाल प्रेस ३ साउन २०८२ ९:३९
12
SHARES
कति छ आज तरकारीको मूल्य?

काठमाडौँ- कालिमाटी तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।

कालिमाटीमा आज प्याज र च्याउको मूल्य थप घटेको छ। घिरौँला, भन्टासहितका तरकारी पनि सस्तिएका छन्। धेरैजसो तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा ६५, सानो लोकल गोलभेँडा २६, टनेलको गोलभेँडा ३४, रातो आलु ४३, सुकेको भारतीय प्याज ४१, लोकल गाँजर ९५, बन्दा ३३, स्थानीय काउली ५५, हाइब्रिड सेतो मुला २७, लाम्चो भन्टा २२, डल्ले भन्टा ३९, तने बोडी २३, मकै बोडी ५५ रुपैयाँ प्रतिकिलो छ।

करेला १५, तराईको परबल ३०, घिरौँला ३४, झिँगुनी ४२, हरियो फर्सी डल्लो ३४, पाकेको फर्सी ४५, भिन्डी २६, कन्य च्याउ १३५, डल्ले च्याउ ३२५, ब्रोकाउली ७४, न्युरो ७५ रुपैयाँ प्रतिकिलो छ।

थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो। कालिमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ६५, सानो लोकल गोलभेँडा २६, टनेलको गोलभेँडा ३८, रातो आलु ४३, सुकेको भारतीय प्याज ४४, लोकल गाँजर ९५, बन्दा २९, स्थानीय काउली ५५, हाइब्रिड सेतो मुला २४, लाम्चो भन्टा २८, डल्ले भन्टा ४२, तने बोडी २१, मकै बोडी ५० रुपैयाँ प्रतिकिलो थियो।

करेला १६, तराईको परबल ३०, घिरौँला ३९, झिँगुनी ४२, हरियो फर्सी डल्लो ३४, पाकेको फर्सी ४५, भिन्डी २६, कन्य च्याउ १३५, डल्ले च्याउ ३३६, ब्रोकाउली ६६, न्युरो ७६ रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: ३ साउन २०८२ ९:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast