भ्रष्टाचारविरुद्ध सडक आन्दोलन गर्ने प्रचण्डको चेतावनी

हिमाल प्रेस १ साउन २०८२ १५:१५ | Thursday, July 17, 2025
भ्रष्टाचारविरुद्ध सडक आन्दोलन गर्ने प्रचण्डको चेतावनी फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार भ्रष्टाचारमा लिप्त रहिरहे बाध्य भएर छिट्टै सडकबाटै आन्दोलन गरेर प्रतिवाद गर्नुपर्ने अवस्था आउने बताएका छन्।

ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा बिहीबार आयोजित विशेष कार्यक्रममार्फत ‘श्रम र उत्पादनमा वाईसीएएल अभियान’ को औपचारिक उद्घाटन गर्दै प्रचण्डले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका हुन्। उनले भने, ‘यस्तै रबैया रहिरहे बाध्य भएर छिट्टै सडकबाटै आन्दोलन गरेर प्रतिवाद अवस्था आउनेछ।’

दाहालले प्रतिपक्षको हैसियतले सरकारको असफलता र भ्रष्टाचार उजागर गर्दै आएको बताए। सुशासनविरुद्ध खडा भएको वर्तमान सरकार सम्पूर्ण रुपमा देशलाई असफल बनाउने दिशातर्फ अघि बढेको दाहालको आरोप छ।

प्रचण्डले युवालाई भ्रष्टाचारविरुद्ध सशक्त भूमिका खेल्न आह्वानसमेत गरेका छन्। वाईसीएल नेपालले नीतिगत निर्णयमार्फत राष्ट्रिय रूपमा सञ्चालनमा ल्याएको श्रम अभियानलाई माओवादी केन्द्रले अघि सारेको ‘उत्पादन ब्रिगेड’ को निरन्तरता र एक महत्वपूर्ण आयाम भएको प्रचण्डले बताए।

प्रकाशित: १ साउन २०८२ १५:१५ | Thursday, July 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast