भूमिसम्बन्धी विधेयक चाँडै अनुमोदन हुन्छ : सभामुख घिमिरे

हिमाल प्रेस ३२ असार २०८२ १८:३१
26
SHARES
भूमिसम्बन्धी विधेयक चाँडै अनुमोदन हुन्छ : सभामुख घिमिरे फाइल तस्बिर

झापा– सभामुख देवराज घिमिरेले संसद्मा विचाराधीन भूमिसम्बन्धी विधेयक चाँडै अनुमोदन हुने विश्वास व्यक्त गरेका छन्।

अर्जुनधारा नगरपालिकामा बुधबार अव्यवस्थित बसोवासीहरूलाई धनीपूर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद्बाट भूमिसम्बन्धी नयाँ कानून निर्माणपछि वर्षौँदेखि थाती रहेका भूमि समस्याको समाधान हुने बताए।

उनले सयौँ भूमिहीनहरूलाई जग्गाको मालिक बनाउन आवश्यक रहेको उल्लेख गर्दै विगतका आयोगले राजस्व महँगो भएका कारण तयारी धनीपूर्जाहरू वितरणमा समस्या भएको गुनासो आएको स्मरण गरे।

वर्तमान सरकारले जग्गाको राजस्व घटाएर पाँच प्रतिशत बनाएपछि धनीपूर्जा लिन तयार हुनेहरूको संख्यामा बृद्धि भइरहेको उनले बताए।

‘धेरै सुकुम्बासीहरूले वर्षौँदेखि बसेको जग्गाको धनीपूर्जा पाएका छैनन्,’ उनले भने, ‘कानुन निर्माणपछि त्यस्ता समस्याको समाधान हुन्छ।’

उनले वर्तमान भूमि आयोगले राम्रो काम गरिरहेको बताए।

अर्जुनधारा नगरपालिका–११ का ९६ जना अव्यवस्थित बसोवासीलाई जग्गाको धनीपूर्जा वितरण गरिएको छ। सभामुख घिमिरेले अव्यवस्थित बसोबासीमध्ये १० जना ज्येष्ठ नागरिकलाई जग्गाको धनीपूर्जा वितरण गरेका थिए।

प्रकाशित: ३२ असार २०८२ १८:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast