राष्ट्रियसभामा अल्पमतमा पर्‍यो सरकार

हिमाल प्रेस ३२ असार २०८२ १७:१३ | Wednesday, July 16, 2025
राष्ट्रियसभामा अल्पमतमा पर्‍यो सरकार राष्ट्रियसभा बैठक। फाइल तस्बिर

काठमाडौँ- जसपा नेपाल सत्ताबाट बाहिरिएपछि राष्ट्रियसभामा सरकार अल्पमतमा परेको छ। ५९ सदस्यीय राष्ट्रियसभामा कांग्रेसका १६, एमालेका १०, लोकतान्त्रिक समाजवादी पार्टीका एक गरी २७ जना छन्।

राष्ट्रियसभामा मनोनीत भएका तीन जनामध्ये डा. अञ्जान शाक्य एमाले निकट हुन्। त्यसो हुँदा सत्ता पक्षसँग २८ मत स्पष्ट देखिन्छ। तर बहुमतका लागि ३० मत आवश्यक पर्छ।

मनोनीत भएकामध्ये नारायणप्रसाद दाहाल अध्यक्ष छन्। उनले मत बराबर हुने अवस्थामा बाहेक मत दिन पाउँदैनन्। यद्यपि उनी माओवादी निकट हुन्। अर्का मनोनीत वामदेव गौतम अहिले स्वतन्त्र जस्तै छन्। उनी सम्बद्ध पार्टीले नेकपा (एस)सँग एकीकरण गर्ने तयारी गरेको छ।

विपक्षमा राष्ट्रिय सभाको ठूलो दल माओवादीका १७, एकीकृत समाजवादीका आठ, जनता समाजवादी पार्टी नेपालका तीन, राष्ट्रिय जनमोर्चाका एक गरी २९ सांसद छन्।

जसपा नेपालको संसदीय दलको बैठकले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। राष्ट्रियसभामा अल्पमतमा परेपछि सरकारलाई कानुन बनाउन अप्ठ्यारो पर्ने भएको छ।

प्रकाशित: ३२ असार २०८२ १७:१३ | Wednesday, July 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast