एक वर्षको कार्यकाल सफल रहेको वनमन्त्री ठकुरीको दाबी

हिमाल प्रेस ३२ असार २०८२ १५:१२ | Wednesday, July 16, 2025
एक वर्षको कार्यकाल सफल रहेको वनमन्त्री ठकुरीको दाबी

काठमाडौँ– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आफ्नो एकवर्षे कार्यकाल सन्तोषजनक रहेको बताएका छन्।

आफ्नो एकवर्षे कार्यकालको उपलब्धि सार्वजनिक गर्न बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री र पार्टीको सहयोगमा आफूले सहज रुपमा काम गर्न पाएको भन्दै एकवर्षे कार्यकाल सन्तोषजनक रहेको बताएका हुन्।

आफ्नो कार्यकालमा महत्वपूर्ण चारवटा रणनीति तयार गरी कार्यान्वयनमा ल्याइएको उनले बताए। त्यस्तै उनले सन २०२० सम्म ४५ दशमलव ३१ प्रतिशत रहेका वन क्षेत्र सरकार र समूदायद्वारा संरक्षण तथा व्यवस्थापन गरी ४६ दशमलव ०८ प्रतिशत पुगेको उल्लेख गरे।

गत आर्थिक वर्ष ३ करोड क्युफिट उत्पादन भएको काठ चालू आर्थिक वर्षको जेठ मसान्तसम्म ३ करोड ३५ लाख क्युफिट उत्पादन भएको उनले बताए। उनले काठको उत्पादनमा वृद्धि गरी काठमा देशलाई आत्मनिर्भर बनाउनको लागि समेत केन्द्रीत भएको धारणा राखे।

त्यस्तै मन्त्री ठकुरीले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका सन्दर्भमा समेत प्रभावकारी ढंगले काम भइरहेको उल्लेख गरे। उनले मन्त्रालयको बजेट संघीयता कार्यान्वयन भएपछि कै बढी १८ दशमलव ५ प्रतिशतले वृद्धि भएको बताए।

प्रकाशित: ३२ असार २०८२ १५:१२ | Wednesday, July 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast