परराष्ट्र मामिलाका ‘गुरु’ माधवजीको गुरु पुर्णिमाकै दिन निधन

हिमाल प्रेस २८ असार २०८२ २१:३९
54
SHARES
परराष्ट्र मामिलाका ‘गुरु’ माधवजीको गुरु पुर्णिमाकै दिन निधन

काठमाडौँ- परराष्ट्र मन्त्रालयका पूर्वसहसचिव एवं परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्वसल्लाहकार माधवजी श्रेष्ठको ८१ वर्षको उमेरमा बिहीबार निधन भएको परराष्ट्रका अधिकारीले जानकारी दिएका छन्। उनी परराष्ट्रका पूर्वसचिवहरुका गुरु समेत थिए। त्रिचन्द्र क्याम्पसमा अध्यापन गराउँदै आएका उनले  १९७७ सालमा परराष्ट्रमा अधिकृतका रुपमा प्रवेश गरेका थिए। उनी फ्रेन्च भाषा पनि राम्रो दख्खल  राख्थे।

कतिपय परराष्ट्रका अधिकारीहरुले गुरु पूर्णीमाकै दिन आफ्ना अनन्य गुरु गुमाउनु परेको भन्दै सामाजीक सञ्जालमा श्रद्धाञ्जली दिइरहेका छन्। ‘हामी अत्यन्त मर्माहत छौँ, गुरु पूर्णिमाकै पावन दिन आफ्ना गुरु, परराष्ट्र मन्त्रालयमा रहँदाका वरिष्ठ सहकर्मी माधवजी श्रेष्ठले यस लोक त्याग गरी परमधामको यात्रा गर्नु भएको दुःखद समाचार सुनेर,’ पूर्व परराष्ट्र सचिव डा. मदनकुमार भट्टराईले लेखेका छन्।

माधवजी १९७७ सालदेखि परराष्ट्र सेवामा रहेर काम गरे। तर सहसचिव भएपछि राजदूत हुन नपाई सेवा निवृत्त भए। लोकेन्द्रबहादुर चन्द नेतृत्व सरकारमा नरेन्द्र विक्रम शाह परराष्ट्र मन्त्री थिए। शाहले उनलाई प्रमुख निजी सहायक एवं सल्लाहकारको भूमिकामा ल्याएका थिए। माधवजीसँग परराष्ट्र सेवामा प्रवेश गरेका लिलाप्रसाद शर्मा सचिव समेत भए। श्यामानन्द सुमन राजदूत, भगिरथ बस्नेत राजदूत र लामो समयम निमित्त र कावा सचिव रहे। त्यस्तै उनीसँगै प्रवेश गरेका जनकबहादुर सिंह, डा‍. रामभक्त प्रसाद, पीवी ठाकुर पनि राजदू भए। उनको ब्याचका नविन बहादुर श्रेष्ठ र मनबहादुर विष्ठ राजदूत भएनन्।

तर उनीले लामो समय आइएफएमा रहेर काम गरे। गत वर्ष मात्र उनी आईएफएबाट बिदा भएका थिए। नेपालको विषयमा लेख्ने र बाहिर जानकारी दिने काममा उनी निपुण थिए। उनी पत्रकारसँग गफिन र सूचना दिन पनि रुचाउँथे। द राइजीङ नेपालमा साप्ताहिक रुपमा नियमित विचारसमेत लेख्ने गर्थे। उनले परराष्ट्रमा पनि फरक मत राख्ने गर्दथे। नेपाल जस्तो मुलुकले आन्तरिक मामिलाको एक्सटेन्डेट रुप नै परराष्ट्र मामिला भन्न मिल्दैन उनी भन्थे । शाक्तिशाली मुलुकले मात्र परराष्ट्र मामिला आन्तरिक मामिलाको विस्तारित रुप हो भन्ने भन्दै उनी भन्थे, ‘के नेपालले मानव अधिकार, लोकतन्त्र र अन्य प्रयासहरु युरोपेली मुलुक र अमेरिकाले झैँ प्रचार प्रसार गर्दै आफूलाई नक्कल गर भनेर विश्वभर फैलाउन सक्छ र? विस्तारित रुप भन्न।’

उनले यस विषयमा कैयन लेख पनि लेखेका छन्। पूर्वराजदूत अन्जान शाक्यको पुस्तक पनि उनैले सम्पादन गरिदिएका थिए। आईएफएका पुस्तकहरु पनि उनी आफैँ माइनुटले इडिट गर्थे। उनले नेपालका परराष्ट्र नीतिसम्बन्धी विषयहरूमा निरन्तर लेख र पुस्तक सम्पादन गर्दै योगदान दिएका छन्। परराष्ट्रका कतिपय सेवा निवृत्तहरुले पछिल्लो समय पुस्तक लेखिरहेका छन् , यसको श्रेय पनि माधवजीलाई नै जान्छ। तर परराष्ट्र मन्त्रालयले उनको निधनमा श्रद्धाञ्जली र परिवारमा समवेदना दिँदै वक्तब्य जारी गरेको देखिँदैन।

‘म कसैलाई भन्न सक्दिन थिएँ, अनि कुनै दलमा पनि थिइन त्यसैले म राजदूत हुन पाइन। तर म सन्तुष्टै छु मेरो रुचिको कार्यमा मेरा मित्र पन्नाकाजीका कारण आइएफएमा आएर पूरा गरिरहेको छु। पछिल्लो समय मन्त्रायलमा संख्या बढेको तर गुणस्तर घटेको भन्दै नेपालको मुख्य मियो नै कूटनीति हो त्यो कमजोर भएकाे छ,’ भन्दै उनले चिन्ता व्यक्त गर्थे।

निकै सरल स्वभावका, सीमित आकांक्षा भएका तर उच्च निष्ठा र लगनशीलता भएको उनका समकक्षीहरु नै बताउँछन्। आफैँ वार्ता गर्ने भन्दा वार्तामा जानेलाई प्रखर बनाएर पठाउन उनी रुचाउँथे। वार्तामा जानेलाई विषय वस्तुको पूर्ण ज्ञान दिने र कसरी कुरा गर्नु भनेर सिकाउन उनी माहिर रहेकाे उनका सहकर्मीहरूले टिप्पणी गरेका छन्।

https://risingnepaldaily.com/news/20035

प्रकाशित: २८ असार २०८२ २१:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast