आज स्थानमा आज दिउँसो र राति ‘भारी वर्षा’ हुने

हिमाल प्रेस २८ असार २०८२ ६:३२
16
SHARES
आज स्थानमा आज दिउँसो र राति ‘भारी वर्षा’ हुने

काठमाडौँ- मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो विभिन्न स्थानमा वर्षा हुने पूर्वानुमान गरेको छ।

महाशाखाका अनुसार आज बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा, हिमपातको सम्भावना छ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी प्रदेश, मधेश प्रदेश र बाग्मती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षारहिमपातको सम्भावना छ।

प्रकाशित: २८ असार २०८२ ६:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast