माधवराज खरेलकाे ‘चिठी’ भदौ २० मा प्रदर्शन 

हिमाल प्रेस २७ असार २०८२ १३:१८ | Friday, July 11, 2025
माधवराज खरेलकाे ‘चिठी’ भदौ २० मा प्रदर्शन 

काठमाडौँ- फिल्म ‘चिठी’ आगामी भदौ २० मा प्रदर्शन हुने भएको छ। निर्माण टिमले सामाजिक सञ्जालमार्फत एक पोस्टर सार्वजनिक गर्दै भदौ २० मा प्रदर्शन गर्ने बताएकाे छ।

फिल्मका लेखक तथा निर्देशक माधवराज खरेल हुन्। उनका अनुसार फिल्म कमेडी, सस्पेन्स र थ्रिलर जनरामा केन्द्रित छ।

फिल्ममा खड्गबहादुर पुन मगर ‘खबपु’, गोपाल ढकाल ‘छन्दे’, सञ्जित भण्डारी, नवराज थापा, मुस्कान लामा, कञ्चन चालिसे, शान्ति प्रिय, प्रविण भुषाल, श्रीदेव भट्टराई, नम्रता खरेल, मोहन निरौला, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराईलगायत कलाकारले अभिनय गरेका छन्।

काठमाडौँ, काभ्रेपलाञ्चोक, ललितपुरलगायतका जिल्लामा छायांकन गरिएको छ। छायाकारमा जीवन पराजुली र राजन खरेल छन्। एरा प्रोडक्सनको ब्यानरमा बनेको फिल्म कमला जोशीले निर्माण गरेकी हुन्।

प्रकाशित: २७ असार २०८२ १३:१८ | Friday, July 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast