कृषि र पशुपालनलाई रोजगारीको प्रमुख माध्यम बनाउँदै रुरुका किसान

हिमाल प्रेस २६ असार २०८२ ११:२९ | Thursday, July 10, 2025
कृषि र पशुपालनलाई रोजगारीको प्रमुख माध्यम बनाउँदै रुरुका किसान फाइल तस्बिर।

तम्घास- रुरुक्षेत्र गाउँपालिकाका किसानले कृषि र पशुपालनलाई रोजगारीको प्रमुख माध्यम बनाएका भएका छन्। गाउँपालिकाले सञ्चालन गरेको रुरु कृषि परियोजनाले किसानहरूलाई उत्पादन र उत्पादित उपजको बजारीकरणमा सहयोग गरेपछि उनीहरूले कृषि र पशुपालनलाई रोजगारीको प्रमुख माध्यम बनाएका हुन्।

रिडीका ७८ वर्षीय रामचन्द्र भट्टराईले गत वर्ष रुरु कृषि परियोजनामार्फत १०० मेवाका बिरुवा निःशुल्क पाए। परियोजनाका प्राविधिकले मेवा लगाउने तरिका सिकाए। मकैखेती हुने बारीमा मेवाका बिरुवा लगाएका उनले यही असारको पहिलो हप्ता ६० हजारका मेवा बिक्री गरे।

‘मकै लगाउँदा बाँदरले हैरान पाथ्र्यो, परीक्षणका रुपमा मेवा लगाएँ’, उनले भने, ‘सय वटा बिरुवा लगाउँदा ३५ वटा मात्र बाँचेका थिए।’ मेवा बिक्री गर्नुका साथै साथीभाइ, आफन्त तथा इष्टमित्रलाई समेत उनले पठाएका छन्।

उनले एक रोपनी क्षेत्रफलमा मेवा लगाएका हुन्। मेवा औसतमा प्रतिकेजी ४५ मा स्थानीय बजारमा बिक्री भएको थियो। उनले यही असारमा थप २०० बिरुवा लगाएका छन्। अर्का किसान ३४ वर्षीय पुष्प भट्टराईले पनि खुर्सानी बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन्। परियोजनाले गत वर्ष एनएस १७०० जातको खुर्सानीको बीउ दिएको थियो।

सोही बीउबाट बिरुवा उत्पादन गरी अहिले उक्त बिरुवाबाट आम्दानी लिइरहेका छन्। एक रोपनीमा १४ सय बिरुवा लगाएका उनले अहिले खुर्सानी पैँचो पसल र स्थानीय बजारमा बिक्री गर्छन्। स्थानीय बजारमा प्रतिकेजी १०० र पैँचोमा प्रतिकेजी ६७ मा उनले बिक्री गर्दै आएका छन्।

रामचन्द्र र पुष्प व्यावसायिक खेतीमा आकर्षित भएका प्रतिनिधिमूलक पात्र मात्रै छन्। उनीहरूजस्तै रुरुका थुप्रै किसान पछिल्लो समय व्यावसायिकखेतीतर्फ आकर्षित भएका छन्।

३५ लाखको सागसब्जी बिक्री

पालिकाद्वारा सञ्चालित परियोजनाले उत्पादनका साथै बजारीकरणमा पनि काम गरिरहेको छ। गत वर्ष मात्रै उत्पादन भएका टमाटर, सिमी, काँक्रो, लौका, खुर्सानीलगायत सागसब्जी पाल्पा र पैँचो पसलमा फरक–फरक मूल्यमा बिक्री भए।

पचहत्तर टनभन्दा बढी सागसब्जी चालिसेले जानकारी दिए। हाल पालिकाभर १० हजार माउबाख्रा रहेको, एकता महिला उद्यमी बहुउद्देश्यीय सहकारीमार्फत बजारीकरण भइरहेको, उखुको प्रवद्र्धनको लागि बीउ वितरण र गुड, खुदो बनाउने उद्योग स्थापना गरेर किसानको आयआर्जन बढाइएको उनले बताए।

गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले कृषि र पशुपालनलाई राजगारी माध्यम बनाउने पालिकाको लक्ष्यअनुसार काम भइरहेको बताए। किसानलाई मल, बीउ, प्राविधिक परामर्शलगायत पक्षमा पालिकाले सहयोग गरिरहेको बताए।

प्रकाशित: २६ असार २०८२ ११:२९ | Thursday, July 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast