बाढीपीडितको उद्धारमा जुट्न प्रचण्डको निर्देशन

हिमाल प्रेस २४ असार २०८२ ११:३२
8
SHARES
बाढीपीडितको उद्धारमा जुट्न प्रचण्डको निर्देशन फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा राहत प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन्। उनले बाढीबाट भएको क्षतिप्रति दुःख पनि व्यक्त गरेका छन्।

‘बाढीले नेपाल–चीन जोड्ने मितेरी पुललगायत धेरै महत्त्वपूर्ण संरचनाहरूमा गम्भीर क्षति पुगेको छ,’ प्रचण्डले भनेका छन्, ‘प्राकृतिक विपद्को विषम परिस्थितिमा सरकारले उद्धार, राहत र बेपत्ताको खोजीका लागि सबै संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्न म जोडदार माग गर्दछु।’

उनले आफ्नो पार्टीका सबै तहका नेता-कार्यकर्तालाई पनि उद्धार र राहत कार्यमा सक्रियतापूर्वक सहभागी हुन निर्देशन दिएका छन्।

मौसमविद्हरूले यो वर्ष औसतभन्दा बढी वर्षा हुने चेतावनी दिइरहेको सन्दर्भमा सरकारले उच्च सतर्कता अपनाउन र विपद् जोखिम न्यूनीकरणका लागि ठोस कदम चाल्नु पर्नेमा पनि उनको जोड छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast