ओझेलमा ताप्लेजुङको ढङ्ढङे झरना

हिमाल प्रेस २३ असार २०८२ ८:५५
4
SHARES
ओझेलमा ताप्लेजुङको ढङ्ढङे झरना

फुङ्लिङ- ताप्लेजुङको सिदिङ्बा गाउँपालिकाको सीमा क्षेत्रमा रहेको ढङ्ढङे झरनाको आवाज बाजाको ताल जस्तो लाग्छ। यही विशेषताका कारण यस झरनालाई स्थानीयले ‘ढङ्ढङे’ नाम दिएका हुन, जहाँ जलको बहाव र चट्टानको संघर्ष संगीत बनिन्छ।

स्थानीय असलबहादुर राई भन्छन्, ‘पहिला त फावाखोला भन्ने गरिन्थ्यो, अहिले ढङ्ढङे भनेर चिनिन्छ। बाजाबजाए जस्तो आवाज आउँछ।’

ढङ्ढङे झरनाको प्राकृतिक सुन्दरता यति अद्वितीय छ, कि एक पटक पुग्ने जो कोहीको स्मृतिमा अमिट रूपमा बस्छ। पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको सङ्ख्या विस्तारै बढ्दै गएको छ। स्थानीय अब बाह्यपर्यटक पनि आकर्षित हुने आशामा छन्। स्थानीय सम्भावनाको ढोका खुल्ने अपेक्षामा बसेका छन्।

झरनामा पुग्ने आन्तरिक पर्यटकको अनुभव विशेष हुन्छ। दृश्य सुन्दर मात्र होइन, आत्मामा शान्ति दिने किसिमको अनुभूति उहाँहरूले व्यक्त गरेका छन्। ‘नाम सामान्य लाग्यो तर दृश्य हेर्दा मनोरम लाग्यो। यस्तो प्राकृतिक उपहार देख्दा मन रमायो’, झरना हेर्न आइपुगेकी पर्यटक सहारा लिम्बूले भनिन्।

झरनालाई पर्यटकीय क्षेत्र बनाउका लागि स्थानीय सरकार पनि सक्रिय देखिन्छ। झरनासम्म पुग्न ढुङ्गाका गोरेटो बाटा बनाइएका छन्, होमस्टे निर्माणको तयारी भइरहेको छ। आगामी नीति तथा कार्यक्रममा ढङ्ढङे झरनालाई विशेष प्राथमिकता दिइएको सिदिङ्वा गाउँपालिका उपाध्यक्ष बन्दना कडरियाले बताए।

जिल्ला सदरमुकाम फुङ्लिङ बजारदेखि पाँचथरको गणेश चोक हुँदै करिब तीन घण्टामा साब्लाखु भञ्ज्याङ पुग्न सकिन्छ। साब्लाखुदेखि करिब ४० मिनेटपछि ढङ्ढङे झरनासम्म पुगिन्छ।

झरनासम्म नै सहजरूपमा मोटर बाटो विस्तार भएकाले सवारीसाधन सहजरूपमा झरनासम्म पुग्दै आएको छ। ताप्लेजुङ, जहाँ प्रत्येक पहाडको ढिस्को र खोल्साको गर्जनमा पर्यटकीय सम्भावनाको ध्वनि लुकेको छ। रासस

प्रकाशित: २३ असार २०८२ ८:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast