पोर्चुगलका फुटबलर जोटाको कार दुर्घटनामा मृत्यु

हिमाल प्रेस १९ असार २०८२ १५:५९
26
SHARES
पोर्चुगलका फुटबलर जोटाको कार दुर्घटनामा मृत्यु

काठमाडौँ– लिभरपुल र पोर्चुगलका फुटबल खेलाडी डिओगो जोटाको स्पेनमा कार दुर्घटनामा निधन भएको छ। स्थानीय प्रहरीका अनुसार अर्का कारलाई ओभरटेक गर्ने क्रममा टायर फाट्दा उनको गाडी सडकबाट बाहिर गएको थियो।

दुर्घटनामा उनका भाइ आन्द्र सिल्भाको पनि मृत्यु भएको छ।

२८ वर्षीय जोटा पोर्चुगलका अन्तर्राष्ट्रिय खेलाडी थिए। उनको केही हप्ताअघि मात्र विवाह भएको थियो। जोटा पछिल्लो सिजन प्रिमियर लिग जित्ने लिभरपुल टोलीका एक महत्वपूर्ण सदस्य थिए।

‘जोटा केवल एक उत्कृष्ट खेलाडीमात्र नभइ एक असाधारण व्यक्ति पनि थिए, जसलाई उनका सबै साथी तथा प्रतिस्पर्धीहरूले सम्मान गर्थे,’ पोर्चुगल राष्ट्रिय फुटबल टिमले भनेको छ।

प्रकाशित: १९ असार २०८२ १५:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast