एसियन कप छनोटमा नेपालको लगातार दोस्रो जित, श्रीलंकाविरुद्ध ८ गोल

हिमाल प्रेस १८ असार २०८२ २०:२७
48
SHARES
एसियन कप छनोटमा नेपालको लगातार दोस्रो जित, श्रीलंकाविरुद्ध ८ गोल

काठमाडौँ- एएफसी महिला एसियन कप छनोट प्रतियोगिताको समूह ‘एफ’मा रहेको नेपालले लगातार दोस्रो खेलमा पनि जित निकालेको छ। बुधबार उज्वेकिस्तानको मिली रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ८–० ले पराजित गरेको हो।

जसका लागि कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले ३, गीता रानाले दुई तथा निशा थोकर, रेखा पौडेल र पुजा रानाले समान एक/एक गोल गरे।

पहिलो खेलमा लाओसलाई ९–० ले हराएको नेपाल यो जितसँगै हालका लागि अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

नेपालले अन्तिम खेलमा शनिबार घरेलु टोली उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

समूहबाट शीर्ष टोलीले अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसिया कपमा सहभागिताको मौका पाउनेछ।

प्रकाशित: १८ असार २०८२ २०:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast